मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाना खाएपछि पेट दुख्छ ? यी हुनसक्छ कारण

केही व्यक्तिलाई खाना खाएपछि बेस्सरी पेट चस्कन्छ वा दुख्छ । 

सामान्यतया: प्रोटिनको मात्रा बढी, खाना सम्बन्धी एलर्जी, सङ्क्रमण, अल्सरलगायत पेटसम्बन्धी रोग हुने व्यक्तिलाई खानेकुरा खाएपछि पेट चस्किन्छ । ग्यास्ट्रिक र अल्सरका समस्या हुने मानिसलाई पनि खाने बित्तिकै पेट दुख्छ ।

यस्तो कहिलेकाहीँ हुँदा सामान्य रूपमा लिने गरिन्छ । तर हरेक पटक जसो भएमा अन्य स्वास्थ्य समस्या पनि हुन सक्छ । 

यसका विभिन्न कारण छन् । ती कारण यहाँ प्रस्तुत गरिएका छन् ।

– धेरै खानाले पेट दुख्न सक्छ । खाना खाएपछि पेट दुख्ने समस्या धेरैजसो खाना धेरै खानाले हुन्छ ।

– धेरै छिटो खाना खाँदा पनि खाइसकेपछि पेट दुख्न सक्छ । हतारमा धेरै छिटो छिटो खाना खाँदा खानाको ठोस पदार्थसँगै हावा पनि निल्न सकिन्छ । जसले पछि पेटभित्र ग्यास भराउँछ ।

– अपच हुँदा पनि पेट दुख्न सक्छ । धेरै कफी, मादक पदार्थ, चिल्लो खानेकुरा खाँदा अपच हुनसक्छ ।

– पित्तथैली नजिकै भएको पत्थरी पनि खाना खाइसकेपछि पेट दुख्ने समस्याको कारक बन्न सक्छ । यस्तो बढी चिल्लो वा कोलेस्टेरोलयुक्त खानेकुरा खाँदा हुन सक्छ ।

– शरीरले खाना पचाउन नसक्नुका कारण पनि पेट दुख्ने समस्या हुन्छ । पेट दुख्ने मात्र नभएर पखाला चल्ने, पेटभित्र पल्टाएजस्तो हुने, बान्ता हुनेलगायतका समस्या पनि हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?