मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल फर्किदै साम्बा

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल फर्किदैछन् ।

काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपमा सहभागी हुन साम्बा ढिलो गरि नेपाल फक्रिन लागेकी हुन् । साम्बा आजराती काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ ।

साम्बाको अनुपस्थितिमा नेपालले जारी साफ च्याम्पियनसिपको पहिलो खेल खेलिसकेको छ । भुटानविरुद्धको पहिलो खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएपछि साम्बाको अनुपस्थिति खड्किएको थियो ।

फ्रेन्च महिला लिगमा इएन अभान्ट गुईग्याम्पबाट खेलिरहेकी साम्बालाई क्लबले रिलिज नगरेका कारण रोकिनुपरेको थियो । भुटानविरुद्धको खेल फिफा विन्डोमा नपरेका कारण साम्बालाई क्लबले रिलिज गरेको थिएन ।

त्यस्तै गुईग्याम्पले यस सिजनमा जित हासिल गर्न नसकेको अवस्थामा टिममा उनको भूमिका महत्वपूर्ण रहेको भन्दै क्लबले रिलिज गरेको थिएन । गुईग्याम्पले गएराती स्ट्रासवर्गविरुद्धको खेलमा ३-२ को जित हासिल गर्दा साम्बाले पहिलो गोल गरेकी थिइन् । जुन यस सिजनमा गुईग्याम्पको पहिलो जित समेत थियो ।

जारी साफमा नेपालले भने अर्को खेल सोमबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?