मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा आगो ताप्दा, हिटर बाल्दा अपनाउनुपर्ने सावधानीहरू

अहिले देशैभर चिसो बढेको छ । यस्तो अवस्थामा चिसोबाट बच्न मानिसहरू भारी न्यानो लुगा लगाएर बस्छन् ।

यसैगरी जाडोमा चिसोबाट बच्न आगो ताप्ने गरेको पनि धेरै देखिन्छन् । यसबाहेक हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू पनि अपनाइन्छ । तर यो अवस्थामा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेका छन् ।

त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरू अपनाऔंः

-हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ

-कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौँ

-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौँ

-आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ

-हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ

-सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ

-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ

-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?