मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओठको सुरक्षा कसरी गर्ने ?

जाडोमा मौसम सुख्खा हुने, बढी चिसो हुने, पानी कम खाने कारणले ओठ फुस्रो, रुखो, फुट्नेजस्ता समस्या देखिन्छ । 

यस्तो अवस्थामा ओठको सौन्दर्य जोगाइराख्न वा मुलायम बनाउन बजारमा लिप बामलगायत थुप्रै उत्पादन पाइन्छन् । यसबाहेक केही प्राकृतिक उपायहरूको प्रयोग गरेर पनि ओठलाई नरम बनाइराख्न सकिन्छ । 

– ओठ हाइड्रेट राख्नका लागि पानी प्रशस्तै पिउनुपर्छ । तपाईंले ताजा घिउ पनि लगाउन सक्नुहुन्छ । यसले ओठको रगत पनि गुलाबी बनाउँछ र कालोपन भगाउँछ । 

– मह र चिनी मिसाएर हल्का रगड्न सकिन्छ । एक मिनेट यसरी मसाज गर्नु राम्रो हुन्छ । 

– घिउकुमारीको रसमा हल्का मह मिसाएर ओठमा मसाज गरेर १० मिनेपछि धुँदा पनि हुन्छ । 

– थोरै केसरलाई पिसेर दुधमा मिसाउने अनि स्क्रब गर्ने गर्दा पनि हुन्छ । 

– महलाई तपाईंले सीधै प्रयोग गर्न पनि सक्नुहुन्छ । त्यस्तै, नरिवलको तेल पनि लगाउन सकिन्छ । 

– लिपस्टिक प्रयोग गर्नुअघि लिप बाम लगाउनुपर्छ ।

– सस्तो लिपस्टिक प्रयोग गर्नुको साटो नेचुरल प्रडक्ट प्रयोग गर्नु राम्रो हुन्छ । 

– बोतलमा ग्लिसिरिन र दुईवटा कागती निचोरेर त्यसको रस मिक्स गरेर राख्नुस् र यसलाई दैनिक लगाउन सकिन्छ । 

– गुलाफको थोरै पातलाई थोरै दुधमा रातभर भिजाएर राख्नुस् । बिहान यसको पेस्ट तयार गरेर ओठमा १० देखि २० मिनेटसम्म लगाउनुस् र धुनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?