मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुड फ्रेस बनाउन गर्नुहोस् धनुरासन र भुजंगासन 

स्वास्थ्य विज्ञहरूका अनुसार थकानको समस्या कुनै अन्तर्निहित अवस्थाका कारणले हैन भने नियमित योगको साथै आफ्नो खानपानमा सुधार गर्नाले पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

योग शारीरिक गतिविधि बढाउन र थकान हटाउनको लागि उत्तम तरिका हुन सक्छ। धेरैजसो योग आसनहरूलाई विशेष उपकरणको आवश्यकता पर्दैन र सजिलै घरमै गर्न सकिन्छ। 

आउनुहोस् जानौँ ती योगासनहरूको बारेमा जसको नियमित अभ्यासले थकानको समस्यालाई हटाइ तपाईँको मुड फ्रेस गर्न मद्दत गर्छ।

भुजंगासन योग 

भुजंगासन योग वा कोब्रा पोजको नियमित अभ्यासले ढाड र मेरुदण्डको दुखाइबाट छुटकारा पाउन मात्र मद्दत गर्दैन। यसले थकान हटाउनुको साथै शरीरमा ऊर्जा भर्ने काम गर्छ । भुजंगासनको नियमित अभ्यासले अन्य धेरै स्वास्थ्य समस्याहरू निको पार्न पनि उपयोगी मानिन्छ। भुजंगासन योग गर्नको लागि पहिला भुईँमा सुत्नुहोस् र आफ्नो हत्केलाहरूको बलमा काँधको चौडाइबाट अलग राख्नुहोस्। आफ्नो शरीरको तल्लो भाग भुईँमा राखेर श्वास लिनुहोस् र भुईँबाट आफ्नो छाती उठाउनुहोस् र छत तिर हेर्नुहोस्। श्वास छोड्दा आफ्नो शरीरलाई भुईँमा ल्याउनुहोस्। 

धनुरासन योग 

धनुरासन योगको नियमित अभ्यासलाई अक्सर थकानको समस्या हुनेहरूका लागि पनि राम्रो विकल्प मानिन्छ। हड्डी र मांसपेशीलाई स्वस्थ राख्नका साथै शरीरमा रक्तसञ्चार बढाउन पनि यो योग निकै लाभदायक हुन्छ । यो योग गर्नको लागि तपाईँले पहिला आफ्नो पेटको सहाराले सुत्नु पर्छ र आफ्नो घुँडाले आफ्नो कम्मर तिर झुकाउनु पर्छ। अब आफ्नो हातले आफ्नो खुट्टा समात्नुहोस्। अब आफ्नो खुट्टा र हात सकेसम्म माथि उठाउनुहोस् र आफ्नो अनुहार माथि राख्नुहोस्। सकेसम्म लामो समयसम्म यस मुद्रामा रहन प्रयास गर्नुहोस्। 

माउन्टेन पोज योग

शरीरको थकान र कमजोरी हटाउनका साथै शरीरमा नयाँ ऊर्जाको सञ्चारलाई बढवा दिन ताडासन योग दैनिक अभ्यास गर्न सकिन्छ। ताडासन वा माउन्टेन पोजले शरीरका सबै मांसपेशीहरूलाई फैलाउँछ। यो योग आसन गर्नको लागि सबैभन्दा पहिला सीधा उठ्नुहोस्, आफ्नो हात सीधा राख्नुहोस्। गहिरो श्वास लिएर दुवै हातलाई टाउकोभन्दा माथि उठाउनुहोस् र औँलाहरू जोडेर तन्काउनुहोस्। शरीरको भार खुट्टाको औँलाहरूमा राख्नुहोस्। केही सेकेन्डको लागि यो स्थितिमा रहनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?