मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानहरूमा आज केही समय विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार दिउँसो तीनदेखि चार घण्टा विद्युत् विद्युत् अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार प्रिभेन्टिम मेन्टिनेन्सका लागि फिडर सटडाउन गर्न लागिएको हो भने यही कारण विद्युत् सेवा अवरुद्ध हुने भएको हो । 

जसले महाराजगन्ज फिडर अन्तर्गतका बासबारी, चक्रपथ, मण्डिखाटार, गोल्फुटार क्षेत्रमा शनिबार मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

त्यस्तै महाराजगन्ज वितरण केन्द्रकै सुकेधारा फिडर अन्तर्गत पर्ने क्षेत्रहरू एकतावस्ती, न्युकोलोनी र मण्डिखाटारमा पनि मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

यता कुलेश्वर वितरण केन्द्रको चःमति फिडर अन्तर्गतका क्षेत्रहरू कालीमाटी, टंकेश्वर, डल्लु, स्वयम्भू, भगवानपाउ, डल्लु आवास, रेन्बो स्कुल, जनसेवा मार्ग, बिजेश्वरी, रामटोल, चःमति, अजिमा महेन्द्र रत्न कलेज, कलस अपार्टमेन्ट, चागल, जिल्ला शिक्षा कार्यालय, डल्लु झोलुंगे पुल लगायतका ठाउँहरूमा पनि विद्युत् अवरुद्ध हुने छ । 

यी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी दिएको छ।

निर्धारित समयभन्दा अगाडि नै काम सकिए तोकिएको समय अगावै विद्युत् सेवा शुरू हुने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?