रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एसपी सहीत १९ जनाले रक्तदान गरेका छन् ।
बिहीवार जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहित १७ जना प्रहरी कर्मचारी, २ जना स्थानिय गरी २१ जनाले रक्तदान गरेको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन् ।
६९औं प्रहरी दिवसको भोलिपल्ट प्रादेशिक अस्पताल गौरमा रगत अभाव हुन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रौतहट र नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा संचालन समिति गौर शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया