मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

होटलको बार्दलीबाट खसेर पप गायक लियाम पेनको मृत्यु

काठमाडौँ – चर्चित पप गायक लियाम पेनको होटलको बार्दलीबाट खसेर मृत्यु भएको छ । पप ब्याण्ड वन डाइरेक्शनमा आवद्ध रहेका ३१ वर्षका पेन अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा होटलको तेस्रो तल्लाबाट खसेका हुन् । 

प्रहरी घटनास्थलमा पुग्दा पेनको मृत्यु भइसकेको जनाइएको छ। ब्यूनस आयर्स प्रहरीका अनुसार घटनास्थलमा रहेका प्रहरी अधिकारीहरूले गरेको प्रारम्भिक अनुसन्धानले लियाम पेनले सम्भवतः लागूपदार्थ र मदिराको सेवन गरेका देखाएको छ।

पेन सन् २०१० मा एक्स फ्याक्टर टीभी सोमा बनाइएको चर्चित ब्वायब्यान्डका सदस्यसमेत थिए । यस समूहमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियाल होरान र जयन मलिकजस्ता कलाकारसमेत आबद्ध थिए । केही दिनअघि मात्र अर्जेन्टिनामा उनले ‘वन डिरेक्सन’ कै पूर्व सदस्य नियाल होरानको कन्सर्टमा प्रस्तुति दिएका थिए ।

लियाम पेनको मृत्युको खबर फैलिने बित्तिकै उनका धेरै फ्यानहरू होटल बाहिर भेला हुन थालेका जनाइएको छ। जसका कारण प्रहरीले घटनास्थल घेराबन्दी गर्नुपरेको थियो । उनको पोस्ट मार्टमपछि अन्य जानकारी आउने सञ्चारमाध्यममा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?