काठमाडौँ – बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ ।
सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय ‘डिजिएचएस’ ले जनाएको छ ।
डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण संख्या दश हजार ८७२ पुगेको छ ।
यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटना दर्ता गरेको डिजिएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् ।
बङ्लादेशमा सन् २०२३ मा डेङ्गु सक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।
डेङ्गयु ज्वरो संक्रमित एडिसजातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेङ्गु लागेका बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया