मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : मन्त्री पौडेल

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पु¥याउन सक्दो पहल गर्ने बताएका छन् ।  स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उनले आग्रह गरे । 

विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवयश्यक सामग्री मन्त्रालयले पठाएको उल्लेख गरे ।

“विपद्पछि पानीको स्रोतमा हुने प्रदूषण र फोहरका कारण पखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेङ्गु र जापानिज इन्सेफ्लाइटिसजस्ता सङ्क्रमणबाट पीडित हुन नपरोस् । हामीले सचेतना र आवश्यक शुद्धीकरण तथा सरसफाइका सामग्री विपद् प्रभावित क्षेत्रमा पठाएका छौँ,” उहाँले भन्नुभयो । सम्बन्धित ठाउँमा ती सामग्री पुगे नपुगेको बारे स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपतकालीन सहायता नम्बर १११५ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।”

देश प्राकृतिक विपद्को चपेटामा परेका कारण नागरिकले कष्ट भोगिरहनुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले बाढी पहिरोका कारण सिर्जित सङ्कटको चुनौतीबाट पार पाइ नसकेको बताए । “हामीले विपद्का समयमा घाइतेको निःशुल्क उपचारको प्रयत्न गर्यौं । तर अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौँ । नागरिकको स्वास्थ्यको रक्षा गर्न आवश्यक हरेक प्रयत्नमा हामी तपाईंको साथमा छौँ ।”

तीनै तहका सरकारको सहकार्यमा स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न सङ्घीय सरकारले गरिरहेको र  कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म तथा सङ्क्रामक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन उनले अनुरोध गरे । मन्त्री पौडेलले विपद्को घडीमा तमाम कठिनाइबीच आम नागरिकको सेवामा तल्लीन भएको भन्दै स्वास्थ्यकर्मी र स्वयंसेवीलाई धन्यवाद दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?