मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अङ्ग अनुसार रातो कोठीको महत्त्व

काठमाडौँ– शरीरमा कोठी हुनु कुनै नौलो कुरा होइन । यसले शरीरमा वा स्वास्थ्यमा पनि खासै कुनै हानी पार्दैन । कतिपय कोठी त सुन्दरताको कारक पनि बनिदिन्छ । यस्तै केही कोठीले मानिसको सुन्दरतामा असर समेत पार्न सक्छ ।

हाम्रो शरीरमा रातो कोठी पनि हुने गर्दछ । यस्ता कोठी सौभाग्य र दुर्भाग्य दुवैको प्रतीक मानिन्छ ।

कुन अङ्गको कोठीले कस्तो फल दिन्छ ?
– अनुहारमा रातो कोठी भएको व्यक्तिको वैवाहिक जीवन सङ्कटग्रस्त हुन्छ ।

– हातमा भएको कोठीले आर्थिक मजबुती ल्याउँछ ।

– छातीमा भएको कोठीले विदेश जाने र धन कमाउने सङ्केत गर्दछ ।

– हत्केलाको बिच भागमा रातो कोठी छ भने यसले सम्पन्नता दिने ज्योतिषीय मान्यता छ ।

– औलामा यस्तो कोठी छ भने यो दुर्भाग्यको कारण बन्न सक्छ ।

– हत्केलाको पछाडि कोठी हुने व्यक्ति भाग्यशाली मानिन्छ ।

– जुन मानिसको नाकमा यस्तो कोठी हुन्छ त्यस व्यक्तिको जीवनमा संघर्ष बढ्न सक्ने मान्यता छ ।

– ओठको माथि कोठी भएका मानिस लोकप्रिय हुने विश्वास गरिन्छ । ओठमा कोठी भएकाले थोरै मानिसलाई मात्र आफ्नो मान्ने गर्दछन् ।

– नाकको मुनी कोठी हुनेहरू अरू मानिससँग घुलमिल हुन रुचाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?