काठमाडौँ – इरान र इजरायलबीचको पछिल्लो बढ्दो तनावले कच्चा तेलको बजारमा सबैभन्दा ठूलो असर पार्ने सम्भावना देखिएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा भारी वृद्धि हुनसक्ने विश्लेषण गरिएको छ ।
बुधबार इजरायली सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार इजरायलले केही दिनभित्रै इरानका केही महत्त्वपूर्ण रणनीतिक लक्ष्यलाई निशाना बनाउने तयारी गरेको छ । यी आक्रमणहरूमा इरानको महत्त्वपूर्ण तेल साइटहरूमा आक्रमणको पनि अनुमान गरिएको छ ।
मध्यपूर्वमा अहिलेको तनावका बीच यदि इरानको तेलको कुवा र भण्डारमा आक्रमण भयो भने यसको असर ठूलो मात्रामा पर्ने विश्लेषण गरिएको छ ।
यसले तेल आपूर्तिमा मात्रै असर गर्दैन, रणनीतिक हिसाबले महत्त्वपूर्ण धेरै सडक बन्द हुन सक्छन् । जसका कारण लागत र मुद्रास्फीति बढ्ने भएकाले अन्य वस्तु ढुवानीका लागि लामो दुरी तय गर्नुपर्ने हुनसक्छ । समग्रमा यसको प्रत्यक्ष असर नेपाल, भारतसहित दक्षिण एशियाका देशहरुमा ठुलो पर्ने देखिन्छ ।
विश्व तेल बजारमा इरानको महत्व
इरान संसारको सातौँ ठूलो तेल उत्पादक हो । यसले आफ्नो तेल उत्पादनको आधा निर्यात गर्छ । यसको प्रमुख बजारमा चीन समावेश छ ।
तर, चीनमा तेलको कम माग र साउदी अरेबियाबाट पर्याप्त मात्रामा तेलको आपूर्तिले यस वर्ष तेलको भाउ निकै बढेको छ । इरानसँग विश्वको चौथो ठूलो तेल भण्डार छ । जबकि इरानसँग विश्वको दोस्रो ठूलो ग्यास भण्डार छ ।
इरान पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) मा तेस्रो ठूलो उत्पादक हो र प्रति दिन लगभग ३ मिलियन ब्यारेल तेल उत्पादन गर्दछ । यो कुल विश्वव्यापी उत्पादनको करिब तीन प्रतिशत हो ।इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर ध्वस्त पारेमा तेल आपूर्तिमा असर पर्ने र विश्वभर तेलको मूल्यमा ठूलो वृद्धि हुने डर छ ।
आर्थिक प्रतिबन्धका कारण चीनले हाल इरानबाट सबैभन्दा बढी तेल किन्ने गरेको विश्वास गरिन्छ भने अर्को ठुलो देश भारतले अहिले रुसबाट ठूलो मात्रामा कच्चा तेल खरिद गरिरहेको छ । तर इरानबाट तेल नआएमा चीनमा अन्य देशबाट यसको माग बढ्छ र यसले तेलको मूल्यमा असर पार्छ ।
हसन नसरल्लाहको हत्यापछि इरानको क्षेप्यास्त्र आक्रमणको डर थियो, त्यही समयमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ५ प्रतिशतले बढेको तथ्यबाट पनि यो प्रभाव बुझ्न सकिन्छ । यस्तो अवस्थामा इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएमा यसको अन्तर्राष्ट्रिय तेल बजारमा व्यापक असर पर्न सक्छ ।
‘ब्रेन्ट क्रूड’ तेलको अन्तर्राष्ट्रिय मूल्यको बेन्चमार्क हो । यस अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल आधारमा दिएको बयानपछि कच्चा तेलको मूल्य पाँच प्रतिशतले बढेको छ ।
‘ब्रेन्ट क्रुड’का अनुसार सोमबार इजरायलमा इरानको मिसाइल हमलापछि कच्चा तेलको मूल्य अहिलेसम्म १० प्रतिशतले बढेर प्रति ब्यारेल ७७ डलरको हाराहारीमा पुगेको छ । यद्यपि यो यो वर्षको अधिकतम मूल्यभन्दा अझै कम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया