निरुता र उत्तमको जोडी रहेको ‘यो जुनी यस्तै भो’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री निरूता सिंह र अभिनेता उत्तम प्रधानको अभिनय रहेको ‘यो जुनी यस्तै भो’ गीतको भिडिओ सार्वजनिक भएको छ । बुधबार टुभेल नोटको अफिसियल युट्युबमा गीतको भिडिओ सार्वजनिक भएको हो ।

गीतबाट अभिनेत्री सिंह र अभिनेत्रा प्रधानले १६ वर्षपछि सँगै सहकार्य गरेका हुन् । गीतमा केशव भावुकको स्वर रहेको छ । गीतमा बबी लिम्बूको शब्द र हरि लम्सालको संगीत रहेको छ । लिम्बुले आफ्नो स्वर्गीय श्रीमानको समर्पणमा गीतको शब्द कोरेका हुन् ।

गीतको भिडिओमा मिराज अर्यालले निर्देशन गरेका छन् । गीतको भिडिओमा यसोधा रूचाल र आलोक अर्यालको पनि अभिनय रहेको छ।

निरूता र उत्तमले ‘दर्पणछाँया’, ‘लहना’, ‘उपहार’ जस्ता फिल्ममा एकसाथ अभिनय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?