लहरे वनस्पति मनी प्लान्ट हाम्रो घरभित्रै रोप्न मिल्ने प्रजातिको बिरुवा हो । यसलाई पानीमा मात्रै वा माटोमा पनि रोप्न सकिन्छ । यसलाई सिसाको भाँडा वा गमलामा रोपेर विशेषगरी घरको ढोका, बैठक कोठा, झ्यालको आडमा राख्ने गरिन्छ ।
मनि प्लान्ट, घरको शोभा मात्र होइन । यसले घर–कोठालाई आकर्षक देखाउनका साथै वायु शुद्धिकरणमा पनि सहयोग गर्छ । संभवत यही कारण वास्तुविद्हरुले घरभित्र मनि प्लान्ट रोप्दा सकारात्मक उर्जा प्रवाह हुने बताएका हुन् ।
जहाँ घरभित्र मनी प्लान्ट लगाइयो भने आम्दानी बढ्छ, पैसाको बचत हुन्छ भन्ने भनाइ पनि तपाईं हामी धेरैले सुनेकै छौं । घरमा राखिएको मनी प्लान्ट जति धेरै फैलिँदै जान्छ, त्यति नै घरमा समृद्धि भित्रिन्छ भन्ने मान्यता छ ।
मनी प्लान्ट लगाउँदा ध्यान दिनुपर्ने कुराहरू
– मनी प्लान्टलाई घरको दक्षिण पूर्वको दिशामा लगाउनु राम्रो हुन्छ
– मनी प्लान्टलाई घर भित्र लगाउँदा मात्रै लाभ मिल्दछ
– मनी प्लान्टलाई कहिले पनि सुक्न दिनु हुँदैन
– मनी प्लान्टकाे पातहरु पहेँलो हुनेबित्तिकै निकालेर फाल्नुपर्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया