मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन ?

भर्खरै जन्मिएका शिशु तथा स–साना बालबालिकाले ओछ्यानमा पिसाब फेर्नुलाई सामान्य मानिन्छ । तर, कतिपय बालबालिकाले ठूलो भएपछि पनि ओछ्यानमा पिसाब फेर्न भने छोडेका हुँदैनन् ।

कतिपयमा यो एक गम्भीर समस्याको रूपमा पनि देखा पर्छ । अर्थात् छ वर्षपछि पनि ओछ्यान भिजाउने क्रम नरोकिएमा बच्चामा यीमध्ये कुनै समस्या छ भन्ने बुझ्नुपर्छ:     

–बच्चाको पिसाब थैली सानो छ ।

 –पिसाब थैली परिपक्व भइसकेको छैन । 

–शरीरमा बढी पिसाब उत्पादन हुन्छ ।

–पिसाब नलीमा सङ्क्रमण छ ।

–बच्चालाई कब्जियत छ ।

–बच्चाको शरीरमा हर्मोनको असन्तुलन छ ।

–बच्चा एकदमै गहिरो निदाउँछ, जसकारण पिसाब गरेको पत्तै पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?