मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वायुसेवा सञ्चालकले असोज १६ गतेसम्म अपर लिमिटको भाडा दरमा टिकट नबेच्ने

काठमाडौँ- वायुसेवा सञ्चालक संघले असोज १६ गतेसम्म सरकारले तोकेबमोजिम लिँदै आएको अपर लिमिटको भाडा दरमा टिकट नबेच्ने निर्णय गरेको छ ।

सडक सञ्जाल विच्छेद भएपछि हवाई कम्पनीहरुले टिकटको मूल्य बढाएको चौतर्फी आलोचना भएका बेला संघले अपर लिमिटमा टिकट नबेच्ने निर्णय गरेको अध्यक्ष मनोज कार्कीले जानकारी दिएका छन् ।

संघले भनेको छ- ‘संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरुले यस विपद्को घडिलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमवारदेखि मिति २०८१ असोज १६ गते बुधवारका दिनसम्म नेपाल सरकारले तोकेबमोजिम लिँदै आएको अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरियो ।’

साथै संघले परल मूल्यमा हवाई इन्धन अविलम्ब उपलब्ध गराउन माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?