मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी लाग्छ दाँतमा किरा ?

खाना खाइसकेपछि राम्रोसँग सफा नगर्दा दाँतमा किरा लाग्ने समस्या हुन्छ। चिकित्सकीय भाषामा यो समस्यालाई दन्त सडन पनि भनिन्छ। 

दाँतमा लाग्ने किरा एक प्रकारको सूक्ष्म जीव हो। जुन नाङ्गो आँखाले देख्न सकिँदैन। हामीले खाएको खाना दाँतमा अड्कियो र त्यसलाई राम्ररी सफा गर्न सकिएन भने दाँतमा किरा लाग्ने सम्भावना बढी हुन्छ । 

यस्तो खाना दाँत र दाँतका बीचमा, खाना चपाउने सतहमा अड्किन सक्छ । सो खानालाई मुखमा भएका ब्याक्टेरियाले सडाउँछ । ब्याक्टेरियाले पुनः सडेको खानामा रियाक्सन गरी एसिड निकाल्छ । त्यो एसिडले दाँतलाई जोगाउने इनामेललाई पगाल्ने काम गर्छ ।

 दाँतमा खाना अड्किने, ब्याक्टेरिया सक्रिय हुने समय र वातावरण एकैपटक मिल्न गएमा दाँतको इनामेललाई कमजोर बनाउँछ । विशेषगरी, मुख सुक्खा भएको समयमा ब्याक्टेरियाले खानाको कणलाई कुहाउने समय मिल्यो भने ल्याक्टिक एसिड बन्छ । त्यसले गर्दा हामीले खाएको खाना सड्दै जान्छ र दाँत खिइँदै जान्छ । 

ब्याक्टेरियाले थप कुहाउँदै जाँदा प्वाल पर्न सुरु हुन्छ । यो खाना जति पुरानो हुन्छ, ब्याक्टेरिया त्यति सक्रिय हुन्छ र दाँतमा प्वाल पार्ने क्रम बढ्दै जान्छ । किराले खाएको दाँत हेर्दा कुनै कालो, कुनै पहेँलो हुन्छ । कहिलेकाहीँ सेतो पनि हुन्छ ।

कसरी बच्ने ?

शुरुमा ब्रस समयमा गर्ने, बाहिरका पेय पदार्थ धेरै नखाने, समय समयमा दाँतको चेकअप गर्नुपर्छ। कति वटा अस्पतालमा दाँतको जाँच निःशुल्क पनि हुन्छ। बाहिरका केही खानाहरू खाने बित्तिकै कुल्ला गरिहाल्नुपर्छ। बिस्कुट, चाउचाउ, चाउमिन जस्ता मैदाले बनेका खानेकुरा कम खाने गर्नुपर्छ। खासको समयमा राम्ररी कुल्ला गर्ने बानी गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?