मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कति छ शुक्रबार, विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं – आज २०८१ साल असोज ११ गते शुक्रबार सन् २०२४ सेप्टेम्बर २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।

त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४० पैसा र साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा कायम छ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ भने साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३ रुपैयाँ २४ पैसा छ ।  

आजका लागि कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५९ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ८६ पैसा कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?