काठमाडौं- साउन महिनामा नेपाली विद्यार्थीहरूले विदेश अध्ययनको नाममा झन्डै १५ अर्ब रकम विदेश लगेका छन् ।
नेपाल राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा नेपाली विद्यार्थीहरूले विदेश अध्ययन गर्नको लागि १४ अर्ब ९२ करोड रुपैयाँ लगेको जनाएको छ ।
समीक्षा अवधिमा शिक्षा र भ्रमण शीर्षकमा ३०.४ प्रतिशतले वृद्धि भई २२ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शीर्षकमा १७ अर्ब २६ करोड रहेकोमा शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा नेपालमा भ्रमण बापतको आय अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशतले वृद्धि भएर ४ अर्ब ७६ करोड भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा भ्रमण बापतको आय ४ अर्ब ४० करोड रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया