मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘भिटामिन बी’ कमी भए के हुन्छ ?

भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसुस हुने र डिप्रेसन पनि हुनसक्छ। स्वस्थ रहन तथा शरीरलाई सुचारु रूपमा चलाउन भिटामिन र माइक्रोन्यूट्रियन्टको जरुरी हुन्छ।

किन भिटामिन बी कम्प्लेक्स
भिटामिन बी कम्प्लेक्सले शरीरमा मोटाबलिज्म बढाउँछ। मोटाबलिज्मले पोषक तत्त्वलाई शक्तिमा बदल्ने काम गर्छ। यसले डिएनए बनाउने काम पनि गर्छ। राता रक्तकोष निमार्ण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ। यसले शरीरको विभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ।

कमी भए के हुन्छ?
हात/खुट्टा झमझम गर्ने
हात/खुट्टा पोल्ने
स्मरण शक्ति ह्रास
कमजोरी महसुस हुने
थकान
डिप्रेसन

भिटामिन बी कम्प्लेक्सको स्रोत
मासुजन्य पदार्थ
दूधजन्य पदार्थ (दूध, दही,पनिर, चीज आदी)

जमिन भित्र फल्ने फल (आलु, गाजर, मूला, सलगम, तरुल आदी)

भिटामिन बी विभिन्न रूपमा पाइन्छ। बी १, बी२, बी३ र बी १६। यी चार तत्त्वको सम्मिलित रूप नै भिटामिन बी कम्प्लेक्स हो। भिटामिन बी को पहिलो सदस्य ‘थाइमीन’ हो। त्यसैले यसलाई बी१ भनिन्छ।

यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ। रोग प्रतिरोध क्षमता बढाउँछ। बी१ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ। यसको कमीले मानसिक समस्या पनि हुन्छ। यो चामल, गहू, जौ, सोयाबीन, केराउ, बदाम आदीमा पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?