मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीर किन झमझमाउँछ ?

मानिस बसिरहँदा शरीरका विभिन्न अङ्ग झमझमाउँछन् । शरीर झमझमाउनु आफैँमा रोग होइन । शरीर सामान्य कारणले पनि झमझमाउन सक्छ । कहिलेकाहीँ झमझमाउँछ भने आत्तिन पर्दैन ।

तर, नियमितजसो झमझमायो भने चाहिँ समयमै सम्बन्धित डाक्टरसँग जाँच गराउनुपर्छ । यसको लागि लक्षण पत्ता लगाएर लक्षणअनुरूप उपचार गरिनुपर्छ ।  शरीर झमझमाउने विभिन्न कारणहरु हुन्छन् । 

न्युरोलोजिष्ट डा. सुनिलराम कोइरालाका अनुसार कसैको हिंडाइ, बसाइँ र सुताइको पोस्चर नमिलेर शरीर झमझमाउन सक्छ भने कोहीलाई विभिन्न रोगका कारण पनि शरीर झमझमाउन सक्छ । 

हामीले दैनिक खाने खानामा भिटामिन बी–वान, भिटामिन बी–६, भिटामिन बी–१२, भिटामिन–ई आदिको कमीले हुनसक्छ । त्यस्तै, विभिन्न औषधि (विषेशतः केमो)को साइड इफेक्ट । 

अत्याधिक मदिरा सेवन, विभिन्न केमिकल तथा किटनाशक औषधि आदिका कारण पनि शरीर झमझमाउँछ । रोगहरुमा मुख्य त कसैलाई डायविटिज छ भने शरीर झमझमाउन सक्छ ।

झण्डै ३० प्रतिशत मानिसलाई डायबिटिजका कारण शरीर झमझमाउँछ । किड्नी, कलेजो, थाइराइडजस्ता समस्या छ भने पनि त्यसको लक्षण स्वरुप शरीरका विभिन्न अङ्ग झमझमाउने हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?