मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सिंघम ३’ मा सलमानको क्यामियो चर्चामै सीमित

काठमाडौँ – बलिउड अभिनेता अजय देवगनको आगामी फिल्म ‘सिंघम ३’ मा सलमान खानले क्यामियो भूमिका खेल्ने चर्चा चर्चामै सीमित भएको छ । 

ई–टाइम्सको रिपोर्ट अनुसार सलमान यस फिल्मको हिस्सा नहुने पक्का भएको हो । तर यस फिल्ममा देखिने चर्चा भएका अर्का अभिनेता साउद स्टार प्रभासको नामबारे भने केही पनि प्रस्ट भएको छैन । 

यसअघि फिल्म ‘दबंग’मा सलमानले निर्वाह गरेको चुलबुल पाण्डे पात्र  ‘सिंघम ३’  फिल्ममा देखिने बताइएको थियो । यद्यपि यस विषयमा फिल्म निर्माता रोहित शेट्टीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने आएको छैन ।

 ‘सिंघम ३’ मल्टिस्टार फिल्म हो । फिल्ममा अजय डीसीपी बाजीराव सिंघमको भूमिकामा फर्किएका छन् । यसमा ‘सूर्यवंशी’ अक्षयकुमार र ‘सिम्बा’ रणवीर सिंहको पनि महत्त्वपूर्ण भूमिका रहनेछ । फिल्ममा करीना कपुर खान, दीपिका पादुकोण, ज्याकी श्राफ, टाइगर श्राफ र अर्जुन कपूर पनि देखिनेछन् ।

बक्स अफिसमा सिंगम ३ कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया ३’ सँग भिड्ने यो फिल्म यही वर्ष दीपावलीमा रिलिज हुँदै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?