मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुरुषका लागि उपयुक्त यी हेयरस्टाइल

कपालले अनुहारको सुन्दरतालाई थप आकर्षक बनाउने काम गर्छ । तर कपाल हुने बित्तिकै अनुहार आकर्षक भने देखिँदैन । त्यसलाई मेन्टेन गरी स्टाइल दिन जान्नुपर्छ ।

अर्थात कस्तो अनुहारका लागि कस्तो हेयर स्टाइल सुहाउँछ भन्ने हेक्का नहुँदा चाहेअनुरुपको अनुहार खुल्न पाउँदैन । आज हामी  पुरुषका लागि हेयरस्टाइलबारे जानकारी दिँदै छौँ ।

टिनएजर

कोरियन, चाइनिज, मंक, आर्की कटिङ, राउन्ड कटिङ, रेजर लगाउनेजस्ता स्टाइल ।

कर्मचारी

तपाईं विद्यालयको शिक्षक, कुनै कार्यालयको कर्मचारी वा अन्य औपचारिक पदमा भएका व्यक्तिलाई सामान्य किसिमको हेयर स्टाइल उपयुक्त हुन्छ । विशेषगरी, औपचारिक पोसाक लगाउनुपर्नेहरूलाई अगाडि अलिकति लामो, पछाडि र साइडमा छोटो केश सुहाउँछ ।

विद्यार्थी

स्कुल पढ्नेहरूका लागि छोटो कपाल उपयुक्त हुन्छ । विद्यालयमा लामो बिदा छ भने फेसनेबल हेयर स्टाइल अपनाउन सकिन्छ ।

१५ देखि ३० वर्ष 

रफ टफ मन पर्छ भने केशमा विभिन्न किसिमका बुट्टा बनाउन सकिन्छ । अनौपचारिक व्यक्तिले यस्तो हेयर स्टाइल रोज्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?