मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नरिवलको तेलको प्रयोगले हुन्छ यस्तो फाइदा

नरिवलको तेल हाम्रो छालाको लागि निकै गुणकारी मानिन्छ यसको सही प्रयोगले हाम्रो सुन्दरतालाई निखार्न थप मद्दत गर्दछ ।

नरिवलको तेलमा भिटामिन ई पाइन्छ जसले छालाको टोनलाई हल्का बनाउन मद्दत गर्दछ, साथै यसले छालालाई मोइश्चराइज राख्न पनि मद्दत गर्दछ ।

नरिवलको तेललाई एक औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसलाई नाइटोमा लगाउँदा धेरै किसिमका स्वास्थ्य लाभ हुने विश्वास लिइँदै आएको छ । हजारौँ वर्ष अगाडिदेखि नै नरिवलको तेललाई आयुर्वेदमा प्रयोग गर्न थालिएको हो । 

अब कुरा गरौँ नरिवलको तेलको प्रयोग र फाइदाहरूका विषयमा

कपालको लागि लाभदायक 

नियमित रूपमा कपालमा नरिवलको तेलको प्रयोग गर्नाले यसले कपालको सुन्दरता बढाउन मद्दत गर्दछ । नरिवलको तेलले कपाललाई हानिकारक किरणहरूबाट बचाउँछ र यसलाई नरम र सिल्कि बनाउने काम गर्दछ । कपाललाई धुलो र प्रदूषणबाट बचाउँछ । यसले तपाईँको कपाललाई प्रोटिन दिने गर्दछ र यसलाई बलियो, चम्किलो र स्वस्थ बनाउन मद्दत गर्दछ । 

छालाको लागि उपयोगी

यदि तपाईँ आफ्नो छालालाई माया गर्नुहुन्छ भने नरिवलको तेल नियमित रूपमा लगाउनुहोस् । यसले तपाईँको छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ र प्रदूषणबाट बचाउँछ । परिवर्तित मौसममा छालाको रक्षा गर्ने गर्दछ । यो एक प्राकृतिक मोइस्चराइजर हो । नरिवल तेलले छालालाई डिअक्सिफाई गर्दछ त्यसकारण नुहाइसकेपछि नियमितरुपमा आफ्नो छालामा नरिवलको तेल लगाउनुहोस् ।

मेकअप रिमुभर

नरिवलको तेललाई सबैभन्दा राम्रो क्लिनरको रूपमा मानिन्छ । मेकअप हटाउनको लागि कपासमा नरिवलको तेल हाल्नुहोस् र यसको सहयोगले मेकअप हटाउनुहोस् । यसले मेकअप त हटाउँछ नै यसले छालाको भित्र रहेको ब्याक्टेरिया पनि हटाउने गर्दछ । नरिवल हाम्रो छालाको लागि निकै गुणकारी मानिन्छ यसको सही प्रयोगले सुन्दरतालाई निखार्न मद्दत गर्दछ ।

प्राइमरको रूपमा प्रयोग

जब तपाईँ बाहिर निस्कँदै हुनुहुन्छ र अनुहारमा फाउन्डेसनको प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले नरिवलको तेल लगाउनुहोस् । हातमा एक दुई थोपा नरिवलको तेल लिएर मुखभरि फैलिने गरि लगाउनुहोस् । यसले फाउन्डेसनको बेसको रूपमा काम गर्ने गर्दछ र मोइस्चराइजरको काम पनि गर्दछ ।

पेटका मांसपेशी र महिनावारीमा आराम

नरिवलको तेलमा एन्टि अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरूको तन्काईको कारणले उत्पन्न हुने दुखाइमा आराम दिन्छ ।

आँखाका लागि लाभकारी

नरिवलको तेलको प्रयोगले तपाईँको आँखाको दृष्टिमा सुधार हुन्छ ।  साथै नरिवलको तेल ऊर्जा प्राप्त गर्नका लागि निकै राम्रो स्रोत हो । साथै यसले हाम्रो शरीरमा मेटाबोलिजम पनि बढाउँछ । यसैगरी नरिवलको तेलको सेवन मुटुका लागि पनि राम्रो हुन्छ । धेरैजसोको अनुहारमा दाग देखिने समस्या हुन्छ । यस्तो समस्याका लागि पनि नरिवलको तेलको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई सुत्नुअघि हरेक दिन प्रयोग गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?