गर्मीयाममा कहिलेकाहीँ नाकबाट रगत निस्कने पनि समस्या देखा पर्दछ । सामान्यतयास् गर्मीयाममा नाकबाट रगत बग्नु कुनै गम्भीर प्रकृतिको रोग भने होइन ।
कुनै बेला अत्यधिक गर्मीका कारण नाक भित्रको रक्तनलीमा तीव्र रक्त सञ्चारका कारण फुट्ने भएका कारण नाकबाट रगत बग्ने गर्दछ ।
यसका साथै नाकबाट रगत बग्नुका अनेक कारण पनि हुन सक्छन् । जसको उपचारका लागि हामी केही उपायहरू अवलम्बन गर्न सक्छौँ ।
बच्ने उपाय
पर्याप्त पानी पिउनु पर्छ
सुख्खा हुनबाट बच्नका लागि पर्याप्त पानी पिउनु पर्छ ।
वातावरण शीतल
वातावरणलाई शीतल बनाउनका लागि घरमा ह्यमिडिफायरको प्रयोग गर्नु पर्छ ।
एलर्जीबाट बच्ने
एलर्जीबाट बच्नका लागि घरका वरपर सरसफाइ र एलर्जी हुने कारक तत्त्वबाट टाढा रहनु पर्छ ।
नाक सुख्खा हुन नदिने
नाकमा सुख्खापन कम गर्नका लागि नुनिलो पानीले नाक धुनु पर्छ ।
औषधिको प्रयोगमा सावधानी अपनाउने
– यदि तपाईँ कुनै किसिमको औषधि सेवन गरिराख्नु भएको छ भने डाक्टरसँग औषधिको दुष्प्रभावको बारेमा सोध्नु पर्छ ।
– यदि तपाईँको नाकबाट रगत बग्ने समस्या छ भने डाक्टरसँग सल्लाह लिनु पर्छ । यो समस्या गम्भीर पनि हुन सक्छ । त्यसैले यसको सही समयमा नै उपचार हुनु आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया