मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँको पनि नङ फुलेको छ ? हुनसक्छ यस्तो गम्भीर रोगको लक्षण 

कतिपय व्यक्तिहरूको नङ फुलेको हुन्छ । र यसरी नङ फुल्दा हामी नयाँ लुगा पाउँछौ भन्ने विश्वास गर्छौ । तर यो एउटा मिथ मात्रै हो । नङ फुल्नु स्वास्थ्यसँग जोडिएको समस्या हो ।

यसकारण आज हामी तपाईँलाई के–कस्ता स्वास्थ्य समस्याले गर्दा नङ फुल्छ भन्ने विषयमा जानकारी गराउँछौ । 

नङमा सेतो दागी देखिनुलाई स्वास्थ्य विज्ञानमा ल्युकोनाकिया भनिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ । घाइते भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिँदैन । 

ढोकामा वा ढुङ्गामा नङ ठोकिदा सेतो दाग आउँछ । यस्तै नेल पोलिसको एलर्जीका कारण पनि तपाईँको औलाको नङमा सेतो दागी आउन सक्छ । 

नङ पालिसमा हुने विभिन्न रसायनले नङको भित्री भागमा असर गर्छ । यस्तै मानिसमा जिङ्कको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ । जिङ्क प्राप्त हुने पर्याप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ति पाउँछ । गेडागुडी, कार्बोहाइड्रेट, पोर्क, नट र गेडायुक्त अन्नबाट जिङ्क लिन सकिन्छ । 

प्रोटिनको कमीले पनि नङमा सेतो  धर्सा वा दाग आउँछ । यी रेखाहरूलाई म्युरेक्स लाइन भनिन्छ । तर जब शरीरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउँछ यी रेखा आफै हराउँछ । 

यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ । क्याल्सियमको कमीले पनि नङमा सेतो दाग आउँछ । 

तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दूध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस् । धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन् । यसकारण नङ फुल्नु ले राम्रो सङ्केत गर्दैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?