मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् एरोबिक्स एक्सरसाइजका फाइदा

अक्सर चिकित्सकहरूले शरीरलाई तन्दुरुस्त राख्न बिहानै छिटो उठेर दैनिक कम्तीमा आधा घण्टा व्यायाम गर्ने सल्लाह दिने गर्छन् । चिकित्सक एरोबिक्स व्यायामको अभ्यासले मानिसलाई थप ऊर्जाशील र फुर्ती बनाउने दाबी गरेका छन्। 

तौल घटाउन पनि मध्यान्हपछिको व्यायाम नै बढी प्रभावकारी रहने उनको सुझाव छ। यस्तै राति ८ बजेपछि व्यायाम गर्नु राम्रो मानिँदैन। किनकि अँध्यारोपछि बिस्तारै शरीरको क्षमता कम हुँदै गइरहेको हुन्छ।

नाच्दै कुद्ने, घुम्ने, झुक्ने आदी गर्नाले हाम्रो शरीरलाई यसरी नै पूर्ण रूपमा धेरै राम्रो व्यायाम मिल्छ जसले हामीलाई स्वस्थ रहन मद्दत गर्छ । विभिन्न प्रकारका मानिसले यसलाई आफ्नो शरीरको लागि एक व्यायामको रूप दिन्छन् । यो एक यस्तो व्यायाम हो जसले हामीलाई रमाइलोसँग शरीरलाई तन्दुरुस्त बनाउँछ र त्यो पनि हाम्रो जोर्नीहरूलाई दुख नदिईकन ।

यो एक्सरसाइज बच्चादेखि बुढासम्म सबैले गर्न सक्छन् ।अन्य खालका व्यायाम भन्दा सरल पनि छ । एरोबिक्स एक्सरसाइजले एक घण्टामा ४०० देखि ६०० सम्म क्यालोरी नाश गर्न सकिन्छ। यसले शरीरको ब्लडप्रेसर ठीक राख्छ र हड्डीलाई पनि मजबुत बनाउँछ।

यसको फाइदा

– यसले हाम्रो शरीरको क्यालोरी घटाउँछ ।
– तौल घटाउने छ । 
– हाम्रो शरीरलाई धेरै सहनशील बनाउँछ ।
– हाम्रो मुटु पनि मजबुत र स्वस्थ हुन्छ ।
– स्वस्थ रहन मद्दत गर्छ ।
– यसले ब्लडप्रेसर ठीक राख्छ।
– अन्य स्वास्थ्य समस्याहरू पनि कम गर्छ ।
– यसले  हड्डीलाई पनि मजबुत बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?