काठमाडौं– बलिउडमा नायक अभिषेक बच्चन र नायिका ऐश्वर्याको सम्बन्धबिच्छेदले फेरि चर्चा पाएको छ । ऐश्वर्याको औँलामा विवाहको औँठी नभएका कारण पुनः चर्चा चुलिएको हो ।
केही दिनअघि ऐश्वर्या आफ्नो छोरीका साथ एक अवार्ड कार्यक्रममा उपस्थिति जनाउन दुबई पुगेकी थिइन् । उनलाई आयोजकले स्वागत गरेको भिडियो सार्वजनिक भएको थियो ।
भिडियोमा उनले विवाहको औँठी लगाएकी छैनन् । त्यहीकारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूको सम्बन्ध बिग्रिएको अड्कल लगाएका हुन् ।
यो जोडीको सम्बन्धबिच्छेदको चर्चा लामो सयमदेखि छ । यसकाे शुरुवात भने अमिताभले छोरीलाई घर दिएपछि भएको हो । तर यसबारे उनीहरूले प्रतिक्रिया दिएका छैनन् ।
उनीहरु एकै कार्यक्रममा पनि छुट्टा-छुट्टै जाने गरेका छन् । यतिसम्म कि- भारतीय धनाढ्य मुकेश अम्बानीको छोरा अनन्तको विवाहमा यो जोडी छुट्टा-छुट्टै पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया