मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किवीको सेवनले मिल्छ यति धेरै रोगबाट छुटकारा

फलफूलको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । फलफूल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । फलफूलले मानिसलाई पर्याप्त मात्रामा पोषण प्रदान गर्नुका साथै निरोगी बन्न पनि सहयोग गर्छ ।

यस्तै कुरा गरौँ निकै स्वस्थवर्द्धक र पछिल्लो समय फलफूलहरू मध्ये निकै लोकप्रिय बनिरहेको किवी फलको । यसको स्वाद अमिलो–मीठो हुन्छ ।

पोषक तत्त्वहरूले भरिपूर्ण किवीमा पोटासियम, फाइबर, भिटामिन सी, फोलिक एसिड, भिटामिन ई र पोलिफेनोल्स भरिपूर्ण मात्रामा पाइन्छ । साथै, किवीमा क्यालोरी धेरै कम हुन्छ, त्यसैले तौल घटाउन चाहनेहरूका लागि यो फल वरदान नै हो । 

जानौँ किवीका फाइदाबारे

आँखाको दृष्टि बढाउँछ

किवी आँखाको दृष्टिका लागि धेरै फाइदाजनक छ । यसको सेवनले तपाईँको आँखाको दृष्टि तेज हुन्छ र आँखाको कमजोरीको समस्या बिस्तारै हट्छ ।

इम्युनिटी बलियो बनाउँछ

जसको रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ, तिनीहरू मौसमी रोगहरूको चपेटामा छिट्टै पर्छन् । यस्तो अवस्थामा आफ्नो इम्युनिटी बढाउन किवीको सेवन गर्नुहोस् । यसमा रहेको भिटामिन सीले तपाईँको कमजोर इम्युनिटीलाई बढाउन मद्दत गर्छ ।

ज्वरोमा फाइदाजनक

एन्टिअक्सिडेन्ट्स, भिटामिन सी, पोटासियम र फाइबर जस्ता धेरै पोषक तत्त्वहरूले भरिपूर्ण किवी डेंगु जस्ता ज्वरोमा धेरै लाभदायक हुन्छ । यदि तपाईँ डेंगुको चपेटामा पर्नुभयो भने किवीको सेवन गर्नुहोस् । डेंगु ज्वरोमा प्लेटलेट्स धेरै छिटो घट्न थाल्छ, जसमा किवीले यी प्लेटलेट्सलाई बढाउन मद्दत गर्छ ।

मुटुको लागि 

किवीको सेवनले तपाईँको मुटुको स्वास्थ्य राम्रो हुन्छ । यसमा रहेको फाइबर र पोटासियमले खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्छ र धमनीहरूलाई बलियो बनाउँछ ।

कब्जियत हटाउँछ

यदि तपाईँ कब्जियतको बिरामी हुनुहुन्छ भने दैनिक २ देखि ३ किवीको सेवन गर्नुहोस् । वास्तवमा, कब्जियतको समस्यालाई हटाउन किवी धेरै लाभदायक छ । यसमा पेट सफा गर्ने गुणहरू पनि पाइन्छ ।

छाला स्वस्थ राख्छ

यस फलमा रहेको कोलाजिन तत्त्व जसमा भिटामिन सी हुन्छ । यो तत्त्वले घामले जलेर नष्ट भएको, प्रदूषणले बिग्रेको र चुरोटको सेवनले चाउरिएको छालालाई ताजगी प्रदान गरी सुन्दर बनाउँछ ।

राम्रो निन्द्रा

एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युट्रेसनमा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार वृद्ध अवस्थामा निदाउने समस्या भएमा यसको सेवनले राम्रो निन्द्रा लाग्छ ।

मिर्गौलाको पत्थरी हटाउँछ

भोजनमा बढी मात्रामा पोटासियम समावेश गर्नेहरूलाई मुटुरोगको जोखिम कम हुन्छ । यसका साथै यस फलले शरीरमा हुने विभिन्न ट्युमर उत्पत्ति हुनबाट रोकथाम गर्छ । यसका साथै हड्डीमा हुने खनिज घनत्वको समस्याबाट पनि बचाउँछ र मिर्गौलामा आउने पत्थरीलाई फुटाउँछ ।

उच्च रक्तचाप घटाउँछ

यो फलमा हुने उच्च पोटासियमको मात्राले उच्च रक्तचापलाई घटाउँछ । तर यसमा रहेको सोडियमको मात्रा उच्च रक्तचापका लागि जोखिम मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?