यतिबेला बजारमा सुगरड्याडी उपनाम राखेका एक युवकको हिंस्रक गतिविधिको नालीबेलीले बजार तताएको छ । उनले अन्य युवाहरूलाई दिने गरेको चरम यातना सुन्दैमा मात्रै पनि आँत काँप्ने छ ।
आइरन तताएर डाम्दिने,सियोले खोपिदिने,ड्रिल मेसिन शरीरमा लगाउने,मिस्कचरमा हात राखिदिने लगायत गरेर उनले अरूलाई यातना दिएर आफू रमाउने गर्थे ।
यस्तो क्रूर काम सामान्य मानिसले गर्ने सक्दैन भन्ने लाग्छ हामीलाई । यसरी अरूलाई यातना दिएर आनन्द लिनु पनि एक प्रकारको मनोरोग नै भएको मनोविद्हरु बताउँछन् ।
मनोचिकित्सक डा. अनन्त अधिकारीका अनुसार साईकोपाथ एक मनोविकार हो जसलाई बोलीचालीको भाषामा साईकोपाथ पनि भनिन्छ ।
यो एक व्यक्तित्वमा विकार आएको आपराधिक मनोवृत्ति भएको व्यक्ति जसलाई आफूले गरेको कामको कस्तो परिणाम आउँला भन्ने हेक्का पनि राख्दैन र दोस्रो व्यक्तिलाई दुख, चरम यातना दिएर आफू रमाउँछ सन्तुष्ट हुन्छ ।
यस्तो व्यक्ति अपराध गर्न डराउने,सोच्ने हुँदैन । उसलाई न घर परिवारको डर लाग्छ न समाजको डर लाग्छ न त कानुनको नै मतलब हुन्छ । उ मात्रै आफ्नै सिद्धान्तमा रमाउँछ ।
यस्ता क्रूर मानिसमा माया,दया,सद्भाव, सहानुभूति केहिपनि हुँदैन । उ अरू व्यक्ति तड्पिएको मात्र हेर्न चाहन्छ । सहानुभूति नहुनु साइकोपाथहरुमा हुने एक विशिष्ट चरित्र हो ।
मैले यसो गर्दा अरूलाई दुख हुन्छ भन्ने भावना नै हुँदैन । उनीहरूमा अरूप्रति कुनै सद्भाव हुँदैन । आफूलाई चाहिने कुरा जबरजस्ती लिएरै छाड्छन्। मन परेको कुरा गर्छन्। सामाजिक मूल्य मान्यताविरुद्ध लाग्छन्।
साइकोपाथको समस्या हुने कारणहरू
यो भविष्यमा गएर लाग्ने रोग होइन । यसमा जन्मजात,वंशाणुगत प्रभाव पनि धेरथोर पर्छ । साईकोपाथको समस्या सानै उमेरदेखि नै देखा पर्छ । बच्चाको जन्मने हुर्कने वातावरणले पनि यो समस्यामा धेरै प्रभाव पार्छ ।
यसकारण अभिभावकहरूले आफ्ना सन्तानको हुर्काइमा निकै ध्यान दिनुपर्छ । यदि कोही व्यक्ति लागूपदार्थको दुर्व्यसनी लागेको छ, ऊमाथि यौन हिंसा भएको छ,साथिसंगत राम्रो छैन,घर परिवारमा सौहार्दपूर्ण वातावरण छैन भने पनि साईकोपाथ हुनसक्छ ।
व्यक्तिमा मनोविकार उत्पन्न हुन यी लगायत अन्य विभिन्न कारणहरू पनि हुन्छन् । बाल्यकालमा कुनै आघातजन्य घटनाको अनुभव, बाल्यकालमै टुहुरोपन वा अभिभावकको बीचको निरन्तर झगडा, घरेलु हिंसा, यौनजन्य हिंसा भएको अवस्थामा तथा युद्ध,हिंसाबाट प्रभावित व्यक्तिहरूमा यो समस्या बढी मात्रामा देखिन सक्छ ।
यो रोग पूर्ण रूपमा निको हुनसक्ने समस्या होइन । यस्तो समस्या भएको व्यक्तिले पछि भविष्यमा पनि कुकर्म नगर्ला भन्न सकिन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया