मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा यसरी गरौं ओठको सुरक्षा

ओठ हाम्रो शरीरको एकदम कोमल अङ्ग हो । जाडो होस् या गर्मी मौसम  यदि हामीले ओठको ख्याल गरिएन भने ओठ फुट्ने गर्दछ ।

ओठमा चिल्लो पदार्थको कमीको कारणले पनि फुट्ने वा सुक्ने गर्दछ। फुटेको ओठले हाम्रो सुन्दरतामा पनि कमी ल्याउँछ । नियमित हेरचाह एवं घरेलु उपचारबाट ओठ फुटेको निको पार्न सकिन्छ । 

– ओठ सुक्दा जब बारम्बार जिब्रो भिजाइन्छ तब र्‍यालले ओठको नरमपन सोस्छ । यसबाट ओठमा पाप्रा बन्छ।

– ओठलाई नरम राख्ने कुनै ग्रन्थि हुँदैन । तातो हावामा सुख्खापन हुन्छ, जसका कारण ओठ फुट्छ । ओठ बढी फुट्छ भने त्यो डिहाइड्रेसनको सङ्केत हो ।

– ओठलाई ठिक तरिकाले सनस्किनबाट सुरक्षा प्रदान गरिएन भने ओठ फुट्छ।

– गर्मीमा धूलो, माटो तथा प्रदूषणका कारण पनि ओठ फुट्छ।

– जब सास फेरिन्छ तब तातो हावा ओठबाट बाहिर आउँछ, यसका कारण लिप क्रेज हुन्छ।

– केही टुथपेस्ट पनि ओठको छालालाई सुट गर्दैन। यस्तोमा ओठ फुट्छ।

– कतिपय अवस्थामा अमिलो फल, जुस, सस आदिले ओठमा एलर्जी सिर्जना गर्छन् जसबाट पनि ओठ फुट्ने सम्भावना हुन्छ।

– केही औषधिको सेवनबाट पनि ओठ फुट्छ । त्यसैले ती औषधि सेवन गर्दा प्रशस्त मात्रामा तरल पदार्थ, जुस, पानी आदि सेवन गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?