मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डीआईजी कार्कीको ‘फूलको बासना सरी’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीको ‘फूलको बासना सरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा सो भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले निर्वाह गरिरहेको कर्तव्यबारे सन्देश दिने उक्त गीत सार्वजनिक गरेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी कार्कीले शब्द सिर्जना गरेको गीतलाई राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलले गाएका छन् ।

गीतमा दीपक शर्माले संगीत रहेको छ । गीतको भिडियो निर्देशक गम्भीर बिष्ट र यसको कन्सेप्ट सरोज ओलीको रहेको छ । गीतको भिडियोमा कलाकारहरु रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपूत र विनिशा पौडेलको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?