काठमाडौँ– भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौँ आएका छन् । शनिबार उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।
नेपाली फिल्म साम्बालाको प्रिमियरका लागि अभिनेता सिद्दिकी काठमाडौ आएका हुन् । उनलाई विमानस्थलमा साम्बालाका निर्देशक मीन भाम लगायतको टोलीले स्वागत गरेको थियो । उक्त फिल्मको प्रिमियर भदौ २३ गते काठमाडौंमा हुँदैछ ।
साम्बालाको प्रिमियरका लागि भारतीय निर्देशक अनुराग कश्यप पनि काठमाडौँ आउँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया