मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् पाद्नुका ७ फाइदा

नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्छ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ ।

अझ कहिलेकाहीँ उच्च आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास अर्थात् पाद व्यक्तित्वको समस्या बनिदिन्छ ।

पेटभित्र पाचन क्रियाको दौरान उत्पन्न हुने ग्यास दिनमा औसतमा ८/१० पटक मलद्वारबाट निस्किन्छ । पादमा कार्वनडाइअक्साइडको मात्रा बढी हुन्छ ।

शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ । तर पाद वा पाद्नु भन्ने शब्द सुन्ने बित्तिकै मानिसलाई लाज हुन्छ । यद्यपि पाद्नुका भने थुप्रै फाइदाहरू छन् ।

यस्ता छन् पाद्नुका फाइदा

१. पाद्नु ठूलो आन्द्राका लागि अत्यन्त फाइदाजनक हुन्छ । त्यसैले पाद रोक्नु हुँदैन अन्यथा ठूलो आन्द्रामा समस्या हुनसक्छ ।

२. पाद्दा शरीरभित्र जम्मा भएका विषालु ग्यास बाहिर जान्छ र शरीरलाई आराम मिल्दछ ।

३. पादको गन्ध, प्रकार र आवाजले पनि पाचनक्रियामा कुनै रोग छ छैन थाहा पाउँन सकिन्छ । अर्थात् धेरै पाद आउनु गम्भीर रोगको सङ्केत हो भने दैनिक ८/१० पटकसम्म पाद आउनु साधारण हो ।

४. पाद्दा आउने हाइड्रोजन सल्फाइडको गन्ध शरीरका लागि फाइदाकारी हुन्छ । यसले कोषको क्षय रोकेर हृदयरोग जस्ता जटिल रोगबाट पनि बचाउँछ ।

५. पाद्नुको अर्को फाइदा भनेको पेटभित्र स्वस्थ्य ब्याक्टेरिया रहेको प्रमाण हो ।

६. पाद्दा मानिसको पाचन प्रणाली सही छ भनेर बुझ्न सकिन्छ । यसले खाना पचेको सङ्केत गर्छ ।

७. पाद्दा भारी भएको पेट एकाएक आराम भएर आउँछ । यसले शारीरिक तथा मानसिक बोझ पनि कम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?