काठमाडौँ- मानिसलाई कुनै न कुनै कुराको लत हुने गर्छ । कसैले सही कुरामा लत बसाल्छन् भने कतिपयले गलत कुरामा पनि लत बसालिरहेका हुन्छन् ।
कतिपयलाई भने यौनको लतले पनि सताइरहेको हुन्छ । उनीहरुलाई यसले ठूलो समस्यामा पनि पारेको हुन्छ ।
चिकित्सकहरुले यसलाई मानसिक समस्याका रुपमा उल्लेख गरेका छन् ।
अनुसन्धानकर्ताहरुका अनुसार यौनको लतले जीवनलाई समेत नराम्रोसँग प्रभावित पार्न सक्छ ।
आज हामी यसबाट कसरी जोगिने र यसको लक्षण के हो भन्ने बारेमा जानकारी दिन गइरहेका छौँः
यी हुन् यौन लतका लक्षण
बारम्बार पोर्न भिडियो हेर्न इच्छा हुनु
सधै यौनका बारेमा सोच्नु ।
जोसँग पनि यौनसम्पर्क राख्न मन लाग्नु ।
एक्लोपना महसूस हुनु ।
बारम्बार हस्तमैथुन गर्न मात्र मन लाग्नु ।
डिप्रेसनमा पर्नु ।
मदिराको लत बस्नु ।
कसरी जोगिने?
यदि तपाईंमा यस्ता खालका समस्या देखिएका छन् भने तपाईंले मनोचिकित्सकको सल्लाह लिनु प्रभावकारी हुन्छ । साथसाथै यौन इच्छा कम गर्ने औषधि पनि प्रयोग गर्न सक्नुहुन्छ । तर, यसका लागि अनिवार्य रुपमा तपाईंले डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया