मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिनावारी गडबडी छ ? भने खानुहोस् यी खानेकुरा

कतिपय महिलाहरूलाई महिनावारी नियमित नहुने समस्या हुन्छ । महिना पुगेर १५ दिन कट्दा र कतिपयलाई त दुई महिनासम्म पनि महिनावारी गडबड हुने हुन्छ ।

नियमित महिनावारी चक्र २८ देखि ३५ दिनभित्र हुन्छ । हर्मोनको गडबडीका कारण महिलाहरूमा महिनावारी अनियमित हुने गर्छ ।  इन्डोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हार्मोनको सन्तुलन बिग्रिए महिनावारी गडबड हुन्छ ।

कहिलेकाहीँ खानपान तथा बसाइसराइका कारण पनि महिनावारी गडबड हुन्छ । पोषण तथा सन्तुलित खानाको अभावमा महिलाहरू कमजोर हुन्छन् साथै धेरै मोटाउँदा तथा दुब्लाउँदा पनि शरीरमा महिनावारी गराउने तत्त्व घटबढ भई महिनावारी अनियमित हुन्छ ।

यसैगरी तनावका कारण पनि महिनावारीमा उतारचढाव आउँछ । बढी तनाव हुँदा पनि महिनावारीमा उतारचढाव आउँछ । पाठेघरको विभिन्न समस्याका कारण पनि महिनावारी गडबड हुन सक्छ । 

यसकारण आज हामी केही यस्ता खानेकुराहरूको विषयमा जानकारी गराउँछौ जसले तपाईँको गड बढ भएको महिनावारी नियमित बनाउन सहयोग गर्छ । 

कफी

कफीमा रहेको क्याफिनले अनियमित महिनावारी वा नियमित महिनावारी हुँदा हुने पिडालाई कम गर्न मद्दत गर्छ । यसको सेवनले शरीरमा एस्ट्रोजनको स्तरलाई नियन्त्रित गरेर यौनाङ्ग रहेको भागमा रक्त प्रवाहलाई राम्रो बनाउँछ । जसको कारण महिनावारी हुँदा नसाहरूलाई खुम्चिनबाट रोक्ने काम गर्छ ।

बेसार

बेसारलाई धेरै गुणकारी मानिन्छ । चिसो मौसम होस् वा गर्मी मौसम, चोट लागेको होस् वा शरीरमा रोगप्रतिरोधी क्षमता बढाउन नै किन नहोस् बेसारको उपयोगिता सबैभन्दा अगाडी हुने गर्छ । धेरै नै गुणकारी भएको बेसारले पनि अनियमित महिनावारीलाई नियमित गर्न सघाउने गर्छ । यसका लागि तातो दूधमा एक चिम्टी बेसार र एक चम्चा मह हालेर सुत्नु भन्दा अगाडी पिउने हो भने अनियमित महिनावारीको समस्या हटेर जान्छ । यसको सेवनले महिनावारी हुँदा हुने दुखाइलाई समेत कम गर्छ ।

घ्युकुमारी

घ्युकुमारीको सेवनले हाम्रो शरीरमा हुने हार्मोनको गडबडीलाई नियन्त्रण गरेर यसलाई सामान्य अवस्थामा राख्ने काम गर्छ । यदि हार्मोनको समस्याको कारण महिनावारीमा गडबडी भएको छ भने घ्युकुमारीको सेवनले महिनावारीको चक्र प्रक्रियालाई नियमित बनाउन सकिन्छ । यसको लागि बोक्रा निकालिएको एक चम्चा ताजा घ्युकुमारीलाई एक चम्चा महमा मिसाएर बिहानको नास्तासँग सेवन गर्दा बढी प्रभावकारी हुने गर्छ । एक महिनाको नियमित सेवनले नै यसको प्रभाव देखिन थाल्छ ।

अदुवा

अदुवा हाम्रो शरीरका धेरै समस्याहरूमा फाइदा गर्ने खानेकुरा मानिन्छ । चिसोको उपचार देखि खाना पचाउन सम्मलाई अदुवाको प्रयोग हुन्छ । अदुवामा भिटामिन सी र म्याग्नेसियम रहेको कारण यसको सेवनले महिलाको पाठेघर र मूत्र थैलीलाई खुम्चिनमा मद्दत गर्छ । जसको कारण महिनावारी नियमित हुन यसले सघाउँछ । यदि महिनावारी नियमित छैन भने अदुवालाई नियमित रूपमा आफ्नो खानपानमा समावेश गर्नु राम्रो हुन्छ ।

मेवा

काँचो मेवालाई नियमित रूपमा खाने हो भने पनि यसले महिनावारीको अनियमितलाई सामान्य बनाउन मद्दत गर्छ । काँचो मेवाको सेवनले महिलाको पाठेघरलाई खुम्चाउन मद्दत गर्छ जसको कारण योनिबाट महिनावारी हुँदा रगत निष्कासनलाई सहज बनाउने गर्छ । काँचो मेवालाई कोरेँसामा कोरेर अचार वा तरकारी बनाएर खाँदा शरीरलाई फाइदा गर्छ ।

दालचिनी

खानेकुराको स्वाद बढाउन प्रयोग हुने दालचिनीको सेवनले पनि अनियमित महिनावारीलाई सामान्य बनाउन मद्दत गर्छ । दालचिनीको सेवनले शरीरलाई भित्री रूपमा न्यानो राख्छ । यसको सेवनले रक्त सञ्चारलाई बढाउने हुँदा यसको सेवन गरेमा पनि महिनावारी नियमित रूपमा हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?