मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चालाई टन्सिल भए के गर्ने ?

काठमाडौँ – घाटीभित्र दुई तिर देखिने ग्लाण्डलाई टन्सिल भनिन्छ । टन्सिलको इन्फेक्सनलाई टन्सिलाईटिस भनिन्छ ।

दुई वर्ष भन्दा कम उमेरको बालबालिकालाई टन्सिलाईटिस हुँदैन किनकि दुई वर्षसम्म टन्सिलको विकास भएको हुँदैन । 

टन्सिल हेर्दा ठुलो तर ज्वरो घाटी दुख्ने समस्या छैन भने त्यसलाई टन्सिलाईटिस भनिँदैन । हरेक घाटी दुखाई टन्सिलको इन्फेक्सनको कारणले हुँदैन । 

त्यसैले हरेक पटक घाटी दुख्दा बालबालिकालाई एन्टिबायोटिक दिनु पर्दैन । तर टन्सिलाईटिस हुँदा भने बालबालिकालाई एन्टिबायोटिक विशेषज्ञको सल्लाह अनुसार पुरा मात्रामा खानुपर्छ । बालबालिकालाई सहज महसुस भएपछि आदि खुवाएर छोड्नु हुँदैन । 

बालबालिकालाई  दुई वा तिन पटक टन्सिलाईटिस हुँदैमा शल्यक्रिया गर्नुपर्दैन । चिकित्सकको सल्लाह अनुसार औषधि खुवाउँदा हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?