काठमाडौँ – आगामी सार्क फिल्म फेस्टिभलका लागि चलचित्र विकास बोर्डले फिल्म आह्वान गरेको छ । बोर्डले सूचना जारी गर्दै बढीमा ६ वटा फिल्म त्यसतर्फ पठाउन लागिएको जनाएको छ ।
यसका लागि २०७९ वैशाख १८ देखि २०८१ वैशाख १७ सम्म सार्वजनिक प्रदर्शनमा आएका कथानक फिल्म, बढीमा ३० मिनेटसम्मका छोटा फिल्म, बढीमा ४५ मिनेटसम्मका डकुमेन्ट्री फिल्म हुनुपर्ने छ ।
त्यस्तै, २०७९ वैशाख १८ देखि २०८१ वैशाख १७ सम्म स्ट्रिमिङ भएका वेब–सर्ट फिल्म, बोर्डको विशेष चलचित्र पुरस्कारबाट पुरस्कृत तथा राष्ट्रिय फिल्म हुनुपर्ने सर्त राखिएको छ ।
यस वर्षको सार्क फिल्म फेस्टिभल सेप्टेम्बर २४ देखि २८ सम्म श्रीलंकामा हुँदै छ । जसमा दुई नेपाली फिल्म ‘बुलबुल’ र ‘प्रसाद’को स्क्रिनिङ गरिने छ । यी दुई फिल्म प्रतिस्पर्धामा समावेश हुनेछैनन् ।
आगामी ६ महिनाको लागि नेपाली पर्यटकले श्रीलंका भ्रमण गर्दा भिसा आवश्यक नपर्ने घोषणा श्रीलंका सरकारले गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया