मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँलाई पनि धेरै निद्रा लागिरहने बानी छ ? हुनसक्छ यी भिटामिनको कमी 

कतिपय व्यक्तिहरूलाई झुपु–झुपु निन्द्रा लाग्ने समस्या हुन्छ । यसो हुँदा काम गरिरहँदा, कतै बस्दा पनि झुल्ने समस्या हुन्छ । 

यस्तोमा शरीर आलस्य हुने भारी हुने हुँदा दैनिकीमा समेत प्रभाव पर्ने हुन्छ । अनिद्रा जस्तै अत्यधिक निद्रा लाग्नु पनि चिन्ताको विषय हो । 

हामीले देखिरहेकै हुन्छौ केही व्यक्तिहरू दिनभरि झुलीरहने, दिनभरि पनि थकित वा निन्द्रा लागिरहेको महसुस गरिरहन्छन् । यदि तपाईँलाई पनि यस्तो समस्या छ भने सामान्य ठानेर नबस्नुहोस् । 

तपाईँलाई पनि सामान्य भन्दा बढी निद्रा लागेको महसुस भइरहेको छ भने यो शरीरमा भिटामिनको कमी भएको सङ्केत हुनसक्छ । भिटामिन हाम्रो शरीरको सामान्य कार्यहरूका लागि धेरै महत्त्वपूर्ण छ । यीमध्ये केही भिटामिन यस्ता हुन्छन्, जसको कमीले शरीरको ऊर्जा कम भएर जतिबेला पनि थाकेको महसुस हुने र अत्यधिक निद्रा लाग्ने गर्छ । 

भिटामिन डी को कमीले प्रायः थकान, कमजोरी र अत्यधिक निद्राको समस्या निम्त्याउन सक्छ । यो भिटामिन हाम्रो शरीरमा क्याल्सियमको अवशोषणका लागि आवश्यक हुन्छ, जसले हड्डीलाई बलियो राख्छ । जब शरीरमा भिटामिन डीको कमी हुन्छ, यसले हाम्रो ऊर्जा स्तरलाई प्रत्यक्ष असर गर्छ, जसले थकान र निद्रा बढाउँछ ।

यस्तै भिटामिन बी १२ को कमीले शरीरमा कमजोरी र निद्राको समस्या निम्त्याउन सक्छ । यो भिटामिन हाम्रो शरीरको स्नायु प्रणालीका लागि धेरै महत्त्वपूर्ण छ । यसले रातो रक्त कोशिकाहरूको उत्पादनमा मद्दत गर्दछ । जब शरीरमा भिटामिन बी १२ को कमी हुन्छ, अक्सिजनको आपूर्ति कम हुन थाल्छ र थकान र अत्यधिक निद्रा जस्ता समस्या निम्तिन सक्छ ।

भिटामिन सीको कमीले शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ । जसले गर्दा व्यक्तिलाई सामान्य भन्दा बढी थकान र निद्रा लाग्न सक्छ । भिटामिन सीले शरीरलाई ऊर्जा प्रदान गर्न सघाउँछ । यसको अभावमा मानिसलाई दिनभर सुस्त महसुस हुन सक्छ ।

यसकारण तपाईँलाई पनि धेरै निन्द्रा लागिरहने समस्या छ भने घामको किरणमा बस्ने गर्नुहोस् ।  भिटामिन डीको कमीलाई हटाउन हरेक दिन केही समय घाममा बस्नु उपयुक्त हुन्छ । 

भिटामिन बी १२ डाइटहरु जस्तै मासु, माछा, अण्डा र दूधजन्य उत्पादनहरूको सेवन गर्नुहोस् । यस्तै भिटामिन सीको लागि ताजा फलफूल र तरकारी खानुहोस् ।

यी सबै गर्दा पनि लगातार थकान र निद्राको समस्याको सामना गर्दै हुनुहुन्छ भने यसलाई बेवास्ता नगरी तुरुन्तै डाक्टरसँग परामर्श लिन आवश्यक छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?