मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी गर्न सकिन्छ हेयर मसाज 

कपालको संरक्षणका लागि हेयर मसाज निकै महत्त्वपूर्ण हुन्छ । हेयर मसाजले गर्दा बिग्रिएको कपालमा पोषण मिलेर राम्रो हुने गर्छ ।

यसरी गरिन्छ हेयर मसाज :

हेयरको साउन्ड कन्ट्रोल गर्न कपालको रुटमा तेल, हेयर भिटामिनले मसाज गर्नुलाई नै हेयर मसाज भनिन्छ । कपालका रुटलाई बलियो बनाउन यस्तो मसाज गरिन्छ ।

यस्तो मसाज हातका औँलामा भाइब्रेसन लिएर गरिन्छ । र, औँलाको मसाजले कपालमा हिट उत्पन्न हुन्छ र रौँका छिद्रहरू खुल्छन् । अनि, भिटामिन हेयरभित्र छिराइन्छ र कपाललाई स्वस्थ पारिन्छ ।

कतिपयको हातबाट हिट उत्पन्न नहुने भएकाले यसमा पनि सचेत हुनुपर्छ । यस्तो भएमा मसाजपछि स्टिम गर्न पनि सकिन्छ ।

यस्तो मसाज आधा घण्टादेखि ४५ मिनेटसम्म गरिन्छ ।

कतिपयले कपालमा निकै केमिकल प्रयोग गर्छन् । बढी कलर गर्ने, कर्ली गराउनेजस्ता कार्यले कपालमा नकारात्मक असर पुर्‍याउँछ । यसरी केमिकल प्रयोग गर्दा कपाल फुङ्ग उड्ने, बिग्रने लगायतका समस्या हुन्छन् । यस्तो भएमा आयल मसाज गर्न आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?