मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समीक्षाको अभिव्यक्तिमा पूजा शर्माको आपत्ति, किन भइरहन्छ लफडा?

काठमाडौँ– गायिका समीक्षा अधिकारीले कलाकार पूजा शर्मालाई ‘पीडा नदिन अनुरोध’ गर्दै लेखेको स्टाटसलाई लिएर कलाकार पूजा शर्माले आपत्ति प्रकट गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा नाम उल्लेख विना समीक्षालाई इङ्गित गर्दै स्टाटस लेखेर आफ्नो गम्भीर आपत्ति रहेको बताएकी हुन् ।

उनले गम्भीर आपत्ति भने जनाएको भने पनि उनको स्टाटसको भाव हेर्दा उनी मिडियामा बोलेका कुरालाई ‘प्रोफेसनल’ भन्दै तर्किन खोजेको देखिन्छ ।

कलाकार पूजा शर्माले लेखेको स्टाटसको स्क्रिनशट ।

उनले फिल्म रिलिज हुनुअघि शत्रु लागेको समेत दाबी गरेकी छिन् । मिडियामा आएका साम्रगी व्यक्तिगतभन्दा पनि व्यावसायिक भएको समेत उनले दाबी गरेकी छिन् ।

‘मिडियामा आएका सम्पूर्ण सामग्राहरु नितान्त प्रोफेसनल हुन्, यो बाहेक मेरा र ती बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन हो ।, त्यसमा न म कहिले बोलेँ र कहिले बोल्नेछु, सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु ।,’ उनले भनेकी छिन् ।

एक पोस्टकाडमा बोल्ने क्रममा पूजाले घुमाउरो पारामा समीक्षातर्फ इङ्गित गरेर विवादित अभिव्यक्ति दिएकी थिइन् । त्यसको जवाफमा समीक्षाले सामाजिक सञ्जाल फेसूबकमा ‘यसरी पनि फिल्म चलाउन खोज्नु राम्रो हो?’ भन्दै प्रश्न सोधेकी थिइन् ।

गायिका तथा कलाकार समीक्षा अधिकारीले लेखेको स्टाटसको स्क्रिनशट ।

उक्त विषयमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा पनि पूजाको फिल्म बहिष्कार गर्नुपर्ने माग उठेको थियो । त्यसपछि पूजाले सार्वजनिक रुपमा कमेन्ट गर्न नमिल्ने बनाएर आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

कलाकार पूजा शर्मा आफ्नो फिल्म रिलिजका बेला विवादमा आएर फिल्मको चर्चा गर्ने गरेको भन्दै यसअघि पनि टिप्पणी हुने गर्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?