काठमाडौँ– पाटनढोका चाकुपाटस्थित क्लासिक आर्ट ग्यालरीमा ‘कनेक्सन अफ थड्स’ शीर्षकमा सामुहिक कला प्रदर्शनी शुरु भएको छ ।
आइतबारदेखि शुरु भएको प्रदर्शनीमा हिसिला महर्जन, न्हुजा श्रेष्ठ, ओजश्वी श्रेष्ठ, सामना नाछिरिङ राई, सरण तन्डुकार सहित १० जना कलाकारहरु सहभागी छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीको उद्घाटन गरेको प्रदर्शनीले युवा कलाकारहरुको वृद्धि र प्रोत्साहनको उद्देश्य राखेको छ ।
ग्यालरीका अनुसार युवा कलाकारहरुले आ–आफ्नो सिर्जना गरेका कलाहरु आदान प्रदान गर्ने अवसर प्रदान गर्ने मुख्य उद्देश्य समेत राखिएको छ । प्रदर्शनी असोज ४ गतेसम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया