मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान

काठमाडौँ– अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ ।  अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो । 

अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बिबिसीले उल्लेख गरेको छ । 

सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । 

भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारवाही गर्न स्वतन्त्र रहेको बताएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?