मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी हटाउने हातका रौँ ?

छालालाई चिल्लो र सफा देखाउन नचाहिने ‘रौँ’ हटाउने चलन नयाँ हैन । यो फेसन परापूर्वकालदेखि नै जारी छ।  हालका दिनमा छालामा भएको नचाहिने रौंबाट मुक्ति पाउन वाक्सिङको प्रक्रिया महिलाहरूबीच लोकप्रिय छ।

वाक्सिङका माध्यमले महिलाहरू काखी, यौनांग, हात, खुट्टा छाती आदिमा भएका नचाहिने रौँ हटाउँछन्। पुरुषले पनि वाक्सिङ गराउन थालेका छन्।

यसका लागि अरू उपाय पनि छ । जसअनुसार  रौँ भएको ठाउँमा तातो मैन राख्ने र त्यसमाथि मुलायम कपडा राखेर छोप्ने । मैन राम्रोसँग जमेपछि जोड लगाएर कपडा एकसाथ निकाल्ने । अनावश्यक रौँ कपडासँगै बाहिर निस्किन्छ । 

चिनी, कागती, पानी र साइट्रिक एसिड मिसाएर पेस्ट बनाउने र रौँ भएको ठाउँमा लगाउने । हरेक दिन यसै गर्नाले रौँको जरा कमजोर हुन्छ र रौँ क्रमशः पातलो हुँदै हराएर जान्छ । 

बजारमा पाइने हेयर रिमुभल क्रिम लगाएर पनि अनावश्यक रौँ हटाउन सकिन्छ । तर, कमसल क्रिम परेछ भने छाला कालो हुने जोखिम हुन्छ । 

लेजर प्रविधि लेजर किरणको सहायताले रौँलाई सदाका निम्ति हटाउने विधिको अभ्यास हुन थालिसकेको छ । लेजर किरणले कपालको जरालाई कमजोर बनाउँछ र कपाल झरेर जान्छ । यो प्रविधिको प्रयोग दिनानुदिन बढिरहेको छ । 

रेजर प्रयोग गरेर अनावश्यक रौँ खौरिने विधि सबैभन्दा बढी प्रचलित छ । यसो गरेर केही दिनका लागि मात्रै अनावश्यक रौँबाट छुटकारा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?