मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको लगातार दोस्रो जित

काठमाडौँ – इङल्याण्डले श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

खेलको चौथो दिन श्रीलंकाले दिएको २०५ रनको लक्ष्य इङल्याण्डले ५ विकेट गुमाएर पुरा गरेको थियो । 

यस टेस्टमा श्रीलंकाले पहिलो इनिंगमा २३६ रन बनएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो । त्यसपछि श्रीलंका आफ्नो दोस्रो इनिंगमा ३२६ एन बनाएर आलआउट भएपछि इङल्याण्डले २०५ रनको लक्ष्य पाएको थियो ।

यो जितपछि ३ खेलको सिरिज इङल्याण्डले २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल ओभलमा सेप्टेम्बर ६ देखि हुने छ ।
          

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?