काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा लुइस डियाजले २ तथा मोहमद सलाहले एक एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलले यस सिजनमा लगातार तीन खेलमा जित हासिल गर्दै ९ अङ्क बनाएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि म्यानचेस्टर युनाइटेडको ३ खेलमा ३ अङ्क रहेको छ र लिगमा १४औँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया