मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साडी लगाउँदा ध्यान दिनुहोस् यी कुरा

जमाना जति बद्लिए पनि साडी लगाउने परम्परा अझै पुरानो भएको छैन। साडी लगाउँदा सबै नारीलाई पूर्ण महिलाको रूपमा देखिन्छ, जसले, संस्कृति र विश्वास प्रति सम्मान झल्काउँछ।

साडी प्रायः जसो विवाह, पूजा र अन्य समारोहहरूमा महिलाहरूले लगाउँदछन्। साडी लगाउँदा हरेक महिलालाई फरक देखिन्छ। जमानाको हिसाब अनुसार साडी लगाउने तरिका जरुर बद्लेको छ।

ठाउँ अनुसार साडी लगाउने तरीका र अभ्यास फरक छ। साडी लगाउनु सजिलो काम होइन। यदि यो राम्रोसँग लगाइँदैन भने यो धेरै खराब देखिन्छ। हामी तपाईँलाई साडी लगाउनको सही तरीका बताउँदछौँ जसले साडीको लुक र तपाईँको लुक बढाउँछ।

– पेटीकोटले साडीमा धेरै फरक पार्छ । सारीलाई राम्रोसँग फिट बनाउन पेटिकोटको महत्तवपुर्ण भूमिका हुन्छ । तर, रेशमको साडीसँग पेटीकोट लगाउनुहुन्छ भने सारी राम्रोसँग बाँधिदैन । त्यसैले, आफ्नो साडी अनुसारको पेटीकोट छान्नुपर्छ ।

– लगाउनुअघि सारीलाई सधैँ पनि प्रेस गर्नुपर्छ । राम्रोसँग प्रेस गरी ह्याङ्गरमा अलगै राख्नुहोस् । यसो गर्दा सारी सधैँ नयाँजस्तै देखिन्छ र लगाउन पनि सजिलो हुन्छ ।

– सारीलाई आफ्नो कम्मरभन्दा माथि र नाभिभन्दा थोरै तल लगाउनुहोस् । स्टाइलिस देखिनका लागि यसलाई ठीकसँग र सही ठाउँमा सेट गर्न धेरै महत्त्वपूर्ण हुन्छ ।

– धेरै छोटो वा उच्च पल्लुले साडीको सार हटाउँछ । पल्लुको लम्बाइ पर्याप्त हुनुपर्छ । साडीको पल्लुले ब्लाउजलाई पूर्ण रूपमा ढाक्नु हुँदैन । नेट वा जर्जेट वा सिफन साडी लगाउँदा, पल्लुलाई पिन–अप गर्न कहिल्यै नबिर्सनुहोस् ।

– यदि, तपाईंले राम्रोसँग सारी लगाउन जान्नुभएको छैन भने सेफ्टी पिनको साथमा सारीलाई सुरक्षित गनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?