मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन, यस्तो छ धार्मिक महत्त्व

काठमाडौँ – आज भाद्र औँसी,अर्थात् कुशे औँसी ।  पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। 

बुवाको मुख हेर्ने दिनका रूपमा मनाइने यो पर्वमा आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशीर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्।

बुवा नहुनेले पिताको सम्झनामा तस्वीर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तीर्थस्थल पुगेर पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्दछन्।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ।

भाद्र कृष्ण औँसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। 

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?