मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भीमलाल सापकोटाको उपन्यास ‘धरौट’ सार्वजनिक

काठमाडौँ– लेखक भीमलाल सापकोटाको उपन्यास ‘धरौट’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सो उपन्यास सार्वजनिक भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार श्यामलले किताबले १० वर्षे द्वन्द्वको कथा उजागर गरेको बताएका छन् । कार्यक्रममा कवि प्रोल्लास सिन्धुलीय, मणि लोहनी, सञ्जीव राई, चन्द्र रानाँहछा, प्रकाश रम्घाली, बिद्या प्रसाद घिमिरे, अञ्जना ईछमफूल, राधिका कल्पित, देवव्रत, रसिकराज लगायत साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

उपन्यासमा तत्कालिन दशबर्षे ‘जनयुद्व’ को त्रासद वर्णन र बाहिर नआएका कतिपय वैदेशिक रोजगारका भित्री कथाहरू छन् । १६८ पुष्ठ रहेको उपन्यासलाई इटर्नल पब्लिकेशनले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?