मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘इमर्जेन्सी’लाई  लिएर ज्यान लिने धम्की आएको कंगनाकाे भनाइ

काठमाडौँ – भाजपा सांसद एवं अभिनेत्री कंगना रनौतले कंगनाले आफ्नो फिल्मलाई सर्टिफिकेट नदिइएको गुनासो गरेकी छन् ।

पछिल्लो समय अभिव्यक्तिकै कारण विवादमा रहेकी उनले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को बारेमा यस्तो बयान दिएकी हुन् । 

‘एक्स’मा भिडिओ सन्देश जारी गर्दै कंगनाले भनेकी छन्, ‘हाम्रो फिल्मले सेन्सर बोर्ड सर्टिफिकेट पाएको छ भन्ने धेरै हल्ला चलिरहेको छ, जुन सत्य होइन।’

उनले अगाडि भनेकी छन्, ‘हाम्रो फिल्म सेन्सर बोर्डले पास गरेको थियो तर यसको सर्टिफिकेट रोकिएको छ। हामीलाई धेरै ठाउँबाट ज्यान मार्ने धम्की आएको थियो। सेन्सर बोर्डलाई पनि धम्की दिइएको थियो।’

उनले आफूहरूलाई इन्दिरा गान्धीको हत्या, भिन्डरवाले, पन्जाबको दंगा नदेखाउन दबाब दिइएको दाबी गरेकी छन्। 

उनले भनेकी छन्, ‘यो मेरा लागि विश्वासै गर्न नसकिने कुरा हो, देशको यस्तो अवस्थाप्रति म खेद व्यक्त गर्छु।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?